हिउँदे अधिवेशनका लागि सिंहदरबारमा बन्दै राष्ट्रिय सभा हल

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनमा नयाँ बानेश्वरस्थित संसद् भवन ध्वस्त भयो । आन्दोलनलगत्तै प्रतिनिधिसभा पनि विघटन भएकोमा राष्ट्रिय सभा भने कायमै छ । अब हिउँदे अधिवेशन बोलाउने तयारी भइरहँदा सिंहदरबारस्थित संसद् सचिवालयभित्रको कृषि समितिको हललाई राष्ट्रिय सभाको बैठक हल बनाउन तीव्र गतिमा काम भइरहेको छ ।

सहरी विकास मन्त्रालयले ३० लाख लागतमा बैठकका लागि हल तयार गर्दै छ । ‘हलको काम फास्ट ट्र्याकमा अगाडि बढेको छ । दर्शकदीर्घा, मिडिया कक्ष र अन्य सबै आउटलेट पुस दोस्रो हप्तासम्म तयार हुन्छ । १५–१६ गतेसम्म हस्तान्तरण गर्ने योजना छ,’ संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले भने ।

राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले पुस तेस्रो हप्ता अधिवेशन बोलाउन सरकारलाई आग्रह गरिसकेका छन् । पुस अन्तिमतिर अधिवेशन आह्वान हुने संसद् सचिवालयको अपेक्षा छ । 

सुझावित समाचार