ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ प्रयोगकर्तालाई आइफोन–१७ जित्ने योजना ल्याएको छ । जसअनुसार बैंकको मोबाइल बैंकिङ एप ‘स्मार्ट प्लस’बाट कम्तीमा तीनपटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन–१७ जित्न सक्ने भएका हुन् ।
बैंकले दुईजना भाग्यशाली ग्राहकलाई आइफोन–१७ प्रदान गर्ने जनाएको छ । साथै, प्रयोगकर्ताले फोनपे डाइरेक्टमार्फत रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखेबापत पनि हरेक दिन सामसङ इयरबड जित्न सक्ने बताइएको छ ।
यो योजना आगामी पुुससम्म लागू रहनेछ । योजनामा सहभागी हुन योजना अवधिभर ग्लोबल स्मार्ट प्लसबाट फोनपे डाइरेक्ट प्रयोग गरी न्यूनतम तीनपटक रकमान्तर गरेको हुनुपर्नेछ ।
बैंकले देशभरका तीन सय ५२ शाखा कार्यालय, तीन सय ८४ एटिएम, एक सय ५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरबाट वित्तीय सेवा दिँदै आएको छ ।
त्यस्तै, यस बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक इएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयरजस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ । ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।