बर्दियामा ट्याक्टर पल्टिएर एकजनाको मृत्यु

शुक्रबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण

ट्याक्टर पल्टिएर बर्दियाको बाँसगढी नगरपालिकामा एकजनाकाे मृत्यु भएको छ ।  ट्याक्टर पल्टिएर  बाँसगढी नगरपालिका– ९, कुइनिठीका २३ वर्षीय विवेक थारूको मृत्यु भएको हो। बाँसगढी नगरपालिका– ९ को चिसापानी चोकदेखि कुइनिठी जाने क्रममा ट्याक्टर अनियन्त्रित भएर  बिहीबार बिहान १० बजे नालामा पल्टिएको थियो।

ट्याक्टर पल्टिएर गम्भीर घाइते भएका थारूलाई उपचारका लागि बाँसगढी नगरपालिका बजारमा रहेको कौशिल्या अस्पतालमा लगिएको थियो । उपचारको क्रममा बिहान साढे १०  थारूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब निरीक्षक राघवसिंह राठौरले  जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरियामा राखिएको छ ।

सुझावित समाचार