मेटलाइफ इंकले लगातार दोस्रो वर्ष फर्च्युन वर्ल्डको २५ उत्कृष्ट कार्यस्थलमा प्रतिष्ठित स्थान हासिल गरेको छ । यस वर्षको प्रतिष्ठित सूचीमा मेटलाइफ इंक १० नम्बरमा छ ।
विश्वभरका २५ कम्पनीलाई प्रदान गरिएको यो मान्यताले कम्पनीका आफ्ना मानिस, ग्राहक र यसले सेवा गर्ने समुदायप्रतिको अटल प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ ।
‘फर्च्युन वर्ल्डको २५ उत्कृष्ट कार्यस्थल सूचीमा मेटलाइफको निरन्तर मान्यता हाम्रा कर्मचारीको जोस र समर्पणको प्रमाण हो,’ मेटलाइफका अध्यक्ष तथा सिइओ मिसेल खलाफले भने, ‘जसले हरेक दिन हाम्रो उद्देश्य पूरा गर्छन् ।’