रेसुंगा विमानस्थलमा आजदेखि सातामा चारपटक हवाई उडान सुरु भएको छ । नेपाल वायुसेवा निगम रेसुंगा स्टेसनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रूपमा साताको चारपटक हवाई उडान सुरु भएको जानकारी दिए ।
नेपाल वायुसेवा निगमले रेसुंगा विमानस्थलमा अबदेखि आइतबार, मंगलबार, बिहीबार र शनिबार गरेर सातामा चारपटक उडान गर्ने भएको हो ।
नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एकपटक बिहीबार मात्र हवाई उडान हुँदै आएको थियो । अहिले बिग्रिएको ट्विनअटर जहाजको मर्मतसम्भारपश्चात् पुनः सातामा चारपटक उडान तालिका सुरु गरिएको प्रमुख थापाले बताए ।