दशैंमा मध्यम वर्षाको आँकलन

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण

मनसुन सक्रिय नै रहेकाले यो वर्ष दशैंमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

शनिबार दशैं बिशेष मौसम बुलेटिन प्रकाशन गरी विभागले दशैंका चारै दिन पानी हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । 

विभागका अनुसार नेपालमा हाल मनसुन वायूको  प्रभाव केही कमजोर  भएपनि मनसुन बहिर्गमन भइनसकेको अवस्था छ। हालको मौसम विश्लेषण अनुसार  यस वर्षको दशै अवधिभर मनसुनी वायूको प्रभाव रहिरहने छ । नेपालमा सरदरमा अक्टोबर २ तारिखमा  मनुसन बहिर्गमन हुने भएतापनि प्रत्यक वर्ष सो मिति भने फरक– फरक हुने गर्दछ ।  

विभागका अनुसार यस्तो छ तीन दिनको मौसम पूर्वानुमान :

असोज १४ (अष्टमी)_ बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असोज १५ (नवमी)_कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

असोज १६ (दशमी)- बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा साथै मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असोज १४ (अष्टमी)-

असोज १५ (नवमी)_

असोज १६ (दशमी)- 

सुझावित समाचार