मुक्तिनाथ विकास बैंकले गर्‍यो १८.२०% लाभांश घोषणा

शुक्रबार, ३ असोज, २०८२
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको सञ्चित नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल १८.२० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

जसमा चुक्ता पुँजी सात अर्ब चार करोड र ६९ लाख ३८ हजार ४९ रुपैयाँको १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ । 

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुने बैंकले जनाएको छ ।

See More On

सुझावित समाचार