नक्खु कारागारबाट फरार भएका कैदीबन्दीलाई तत्काल आत्मसमर्पण गर्न अपिल

शुक्रबार, २७ भदौ, २०८२
डिजिटल संस्करण

नक्खु कारागार प्रशासनले भदौ २४ गतेको घटनापछि फरार भएका सबै कैदीबन्दीलाई आत्मसमर्पण गर्न र आधिकारिक सम्पर्कमा आउन अपिल गरेको छ ।

प्रशासनले तत्काल जेलमा नफर्किए भविष्यमा प्राप्त हुने कानुनी अधिकार, सुविधा र सामाजिक पुनर्स्थापना प्रक्रियामा असर पर्ने चेतावनी दिएको छ ।

नक्खु जेलबाट रास्वपा सभापति रवि लामिछानेसहित १४ सय कैदीबन्दी बाहिरिएका थिए । 

सुझावित समाचार