इम्बोस्ड नम्बर प्लेटको नाममा जबर्जस्ती निर्णय लागू गर्नु जनभावनाविपरीत : विराजभक्त श्रेष्ठ

मंगलबार, १० भदौ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पर्याप्त तयारीविना बलजफ्ती इम्बोस्ड नम्बर प्लेट जडान गराउन खोज्नु जनतामाथिको अन्याय भएको बताएका छन्।

यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न उर्दी जारी गरेका वेला सांसद श्रेष्ठले जनभावनाविपरीत निर्णय गर्नु अन्याय भएको भन्दै विरोध जनाएका हुन्। उनले यसको विरोधमा भएका आन्दोलनमा ऐक्यबद्धतासमेत जनाएका छन्।

सवारीधनीले सवारीसाधन किन्दै नम्बर प्लेटको शुल्क तिरिसकेको स्मरण गराउँदै श्रेष्ठले भनेका छन्, ‘सरकारले नम्बर प्लेट फेर्ने नाममा यसअघि पनि जनताबाट आर्थिक शोषण गरिसकेको छ। अझैसम्म लाखौँ नागरिकलाई चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न नसकेको सरकारले अब पुनः पूर्वाधार, प्राविधिक तयारी (इम्बोस्ड नम्बरको औचित्य नै पुष्टि नगरी) र नेपाली भाषा–लिपिको संवेदनशीलता नहेरी जबर्जस्ती निर्णय लागू गर्नु जनभावनाविपरीत कदम हो।’

सुझावित समाचार