महाकालीमा पानीको प्रवाह बढेपछि सवारी सञ्चालनमा रोक

बिहिबार, २९ साउन, २०८२
डिजिटल संस्करण

सुदूरपश्चिममा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको प्रवाह बढेको छ। पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

आज बिहान ११ बजेसम्म्ममा पानीको प्रवाह एक लाख २६ हजार ७१२ क्युसेक मापन भएको छ। जिल्ला प्रहरीका प्रवक्ता सागर बोहराले वर्षा भइरहेकाले पानीको प्रवाह अझै बढ्न सक्ने बताए । उनका अनुसार नेपाल–भारत सीमामा रहेको बनबासा पुलमा चारपांग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको हो । दुईपांग्रे सवारीसाधन र मानिस आवतजावत चालु रहेको प्रहरीले जनाएको छ ।

See More On

सुझावित समाचार