नारायणी नदीकिनारमा वृद्ध महिला मृत भेटिइन्

शुक्रबार, २४ साउन, २०८२
डिजिटल संस्करण

नारायणी नदीकिनारमा आज एकजना महिलाको शव फेला परेको छ। नवलपुरको गैँडाकोट नगरपालिका– २, स्थित नारायणी रिसोर्टअगाडि नारायणी नदीकिनारमा एकजना वृद्ध महिला मृत अवस्थामा फेला परेकी हुन् । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी ६०–६५ वर्षीया वृद्ध महिला घोप्टो अवस्थामा मृत फेला परेकी छिन्। स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले अहिले घटनाको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल चितवनमा पठाएको जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।
 

सुझावित समाचार