बंगलादेशमा डेंगु संक्रमितको संख्या १० हजारभन्दा बढी, ४२ जनाको मृत्यु

मंगलबार, १७ असार, २०८२
डिजिटल संस्करण

बंगलादेशमा जुन महिनामा डेंगुका बिरामी उल्लेखनीय रूपमा बढ्दा यस वर्ष अहिलेसम्म १० हजारभन्दा बढी संक्रमित हुनुका साथै ४२ जनाको मृत्यु भएको जनाइएको छ।

मे महिनामा एक हजार ७७३ मानिस भाइरल रोगबाट संक्रमित भएपछि जुनसम्म पाँच हजार ९५१ थप डेंगुका घटनाहरू रेकर्ड गरिएको छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस)ले सोमबार सार्वजनिक गरेको तथ्यांकले यस वर्ष अहिलेसम्म डेंगु संक्रमितको संख्या १० हजार २९६ पुगेको देखाएको छ।

सोमबार स्थानीय समयअनुसार ८ बजेसम्म २४ घण्टामा राजधानी ढाकामा ८७ सहित कुल ४२९ नयाँ घटना रिपोर्ट गरिएको डिजिएचएसको तथ्यांकले देखाएको छ। जुनमा १९, मेमा तीन, अप्रिलमा सात, फेब्रुअरीमा तीन र जनवरीमा १० जनाको मृत्यु भएको डिजिएचएसले जनाएको छ।

यस वर्ष जनवरी १ देखि जुन ३० सम्म देशभरका विभिन्न अस्पतालबाट उपचारपछि नौ हजार ८७ जना डेंगुका बिरामी घर फर्केका छन्। जुन–सेप्टेम्बर मनसुन अवधि बंगलादेशमा डेंगुको मौसम हो। बंगलादेश लामखुट्टेबाट हुने रोगहरूको उच्च जोखिममा रहेको राष्ट्र हो।

See More On

सुझावित समाचार