गाेंगबुमा पानी बोक्ने २८ गाडीको अनुगमन : ४४ वटा प्रयोग गर्न नमिल्ने जार फेला

मंगलबार, १७ असार, २०८२
डिजिटल संस्करण

सहरवासीलाई पिउने पानीको आवश्यकता पूरा गराउन प्रशोधित पानीको सेवा दिने व्यवसायीका २८ वटा सवारीसाधनको अनुगमन गर्दा ४४ वटा जार मापदण्डविपरीत भेटिएका छन् ।

काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले आज गोंगबु बसपार्क क्षेत्रमा गरेको अनुगमनका क्रममा कुच्चिएका, फुटेका र अपारदर्शी जार भेट्टाइएको हो । यी जारहरू जफत गरियो । जफत जारहरू नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा लगाइएको छ । पानी बोक्ने सवारीसाधनको अनुगमनका विभिन्न कम्पनीका जार भेटिएको थियो । 

अनुगमनका क्रममा त्रुटि पाइएका पानी उत्पादक कम्पनीहरूलाई मापदण्डविपरीत प्रशोधित पिउने पानीको जार बिक्री–वितरण नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको बिल–बिजक गाडीमै लिएर हिँड्न निर्देशन दिइएको छ । यो निर्देशनसँगै पानीजन्य संक्रमणबाट जनस्वास्थ्यमा आउन सक्ने खराब अवस्था हुन नदिन संवेदनशील रहन आग्रहसमेत गरिएको छ । 
 

See More On

सुझावित समाचार