कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

शुक्रबार, १३ असार, २०८२
डिजिटल संस्करण

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको  बजेट पारित भएको छ। आर्थिक वर्ष ०८२/८३ का लागि प्रस्तुत ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रदेश सभाबाट शुक्रबार बहुमतले पारित भएको हो।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले १ असारमा सरकारको तर्फबाट प्रदेश सभामा बजेट प्रस्तुत गरेका थिए। प्रदेश सरकारले चालूतर्फ १८ अर्ब ६७ करोड ३३ लाख (५२ प्रतिशत) र पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ (४७.७ प्रतिशत) बजेट विनियोजन गरेको छ।

बजेटमाथिको छलफलमा सत्तापक्षका केही र विपक्षी दलका सांसदहरूले मुख्यमन्त्री र मन्त्रीहरूले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा मात्र धेरै रकम विनियोजन गरेको भन्दै बजेट सच्याउन माग गरेका थिए।
 

सुझावित समाचार