आज माओवादी केन्द्रसँग दुईवटा पार्टीको एकता

सोमबार, १३ जेठ, २०८२
डिजिटल संस्करण

आज नेकपा माओवादी केन्द्रसँग दुई पार्टीले एकता गर्दै छन् । नेपाल समाजवादी पार्टी र नेपाः पार्टीबिच  माओवादीको एकता हुन लागेको हो । माओवादी र समाजवादी पार्टीबिच कान्तिपुर बेंक्वेट ग्वार्को खरिबोट ललितपुरमा पार्टी एकता कार्यक्रम रहेको छ ।

त्यस्तै  नेपाः पार्टीबिच पार्टी एकता कार्यक्रम नेपाः बेंक्वेट खुसिबु नयाँबजारमा हुने भएकाको माओवादी केन्द्रका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए । उनले सम्बन्धित सबैलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन् । 

सुझावित समाचार