विकास हाइड्रोपावरलाई आइपिओ निष्कासन गर्न अनुमति

बुधबार, १७ बैशाख, २०८२
डिजिटल संस्करण

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विकास हाइड्रोपावर कम्पनीलाई आइपिओ निष्कासन गर्न  अनुमति दिएको छ । सेबोनले मंगलबार कम्पनीलाई आइपिओ निष्कासनको अनुमति दिएको हो ।

अनुमति पाएसँगै कम्पनीले अब प्रतिकित्ता १०० अंकित दरका ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँबराबरको ४४ लाख ५४ हजार पाँच सय ९६ कित्ता आइपिओ जारी गर्नेछ । यसको धितोपत्र निष्कासक तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटले गरेको छ । 

सुझावित समाचार