अवैध ८१ थान अमेरिकन डलर बोकको आरोपमा एकजना प्रहरी नियन्त्रणमा

शनिबार, १० फागुन, २०८१
डिजिटल संस्करण

विराटनगरबाट काठमाण्डौ जाने लागेका एक व्यक्त्तिलाई एक सय दरका ८१ थान डलर बोकेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । यती एयरलाईन्सको जहाजबाट काठमाडौं लैजाने क्रममा विराटनरको कञ्चनबारीस्थित विमानस्थलमा शुक्रबार साँझ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ वर्षीय नौसाद अन्सारीलाई  एक सय दरका ८१ थान डलर सहित  प्रहरीले नियन्त्राणमा लिएको हो ।

 यात्री अन्सारीले विदेशबाट आएका साथीलाई नेपाली रूपैयाँ दिएर आफूले डलर लिएको  प्रहरीलाई बताएका छन । तर प्रहरीले भने स्रोत नखुलेको डलर बोकेको आरोपमा अन्सारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको मोरङ प्रहरीले जनाएको छ । 
 

See More On

सुझावित समाचार