ट्रम्पको आश्वासनपछि अमेरिकामा पुनः चल्न थाल्यो टिकटक

सोमबार, ७ माघ, २०८१
डिजिटल संस्करण

राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले प्रतिबन्धको निर्णय स्थगन गर्ने आश्वासन दिएपछि अमेरिकामा टिकटकले पुनः सेवा सुरु गरेको छ। ट्रम्पले सोमबार कार्यभार सम्हालेपछि टिकटकमा प्रतिबन्धको निर्णय अस्थायी रूपमा रोक्न एक कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले पुनः सेवा सुरु गरेको हो।

यसअघि टिकटकलाई प्रतिबन्ध गर्नुपर्ने विषयलाई जोडदार रूपमा उठाउँदै आएका ट्रम्पले सम्झौताका लागि थप समय उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि चिनियाँ स्वामित्वको टिकटकले सेवा सुरु गरेको हो।

टिकटकले व्यक्तिगत गोपनीयताको हनन गरेको तथा अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम बढेको भन्दै अमेरिकी संसद्ले प्रतिबन्ध लगाउने निर्णय गरेकाे थियाे। साे निर्णय अदालतले पनि सदर गरेपछि आइतबारदेखि कम्पनीले आफैँ अमेरिकामा सेवा बन्द गरेको थियो।

सुझावित समाचार