मेटलाइफ नेपालले मनायो २३औँ वार्षिकोत्सव

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

मेटलाइफ नेपालले २३औँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले कर्मचारीको उपस्थितिमा कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाएको हो । उक्त कार्यक्रममा कर्मचारीलाई सम्मानसमेत गरिएको थियो । वार्षिकोत्सवकै सिलसिलामा एलेना बुटारोभा, बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफ प्रमुखसमेत उपस्थित भएका थिए । 

दुई दशकभन्दा बढी विश्वास, समर्पण र सेवाको उपलब्धिले बिमा उत्पादन तथा समाधानमार्फत नेपाली परिवारलाई उज्ज्वल भविष्य सुरक्षित गर्न मद्दत गर्ने मेटलाइफको अटल प्रतिबद्धता झल्काएको कम्पनीले जनाएको छ । 

कम्पनीले अभिकर्ताको एजेन्सी र व्यवसाय सञ्चालनलाई सुदृढ पार्न मद्दत गर्ने उद्देश्यका साथ ‘माई एजेन्सी एप’ पनि सार्वजनिक गरेको छ । एपले अभिकर्तालाई बिमा योजना प्रयोग र व्यवस्थापन गर्न तथा ग्राहकसँग सम्बन्ध बनाउन सहज हुने बताइएको छ । 

कम्पनीका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘यो उपलब्धि हाम्रा ग्राहकले हामीमाथि राखेको विश्वास र हाम्रा कर्मचारी र अभिकर्ताको समर्पणको प्रमाण हो । हामीले नेपालमा २३ वर्षको वार्षिकोत्सव मनाउँदै गर्दा हामी हाम्रा ग्राहकलाई आत्मविश्वासका साथ आफ्नो भविष्य सुरक्षित गर्न सशक्त बनाउने समाधान नवप्रवर्तन र वितरण गर्न प्रतिबद्ध छौँ ।’

See More On

सुझावित समाचार