सेटिङमा नेपाल एयरलाइन्सका जहाज ग्राउन्डेड गराइएको सांसदको आशंका [भिडियाेसहित]

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले सेटिङमा नेपाल वायुसेवा निगमका सबै जहाज ग्राउन्डेड गराइएको आशंका व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय कम्पनीहरूबाट सञ्चालितहरूको नाफाका लागि सेटिङमा नेपाल एयरलाइन्सका जहाज ग्राउन्डेड गराइएको हुन सक्ने बताएका  हुन्।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले लुकाउनका लागि इटाली लगिएको जहाजको पार्किङ शुल्क मात्रै दैनिक तीन हजार डलरभन्दा बढी खर्च भइरहेको उल्लेख गरे।

उनले भने, ‘सी चेकका लागि एक महिनाको मात्र समय  लिएर पठाइएको जहाज केही दिन दिल्लीमा राखियो र त्यहाँ कसैले देख्ला कि भनेर लुकाउनका लागि इटाली लगियो । ९० दिनभन्दा धेरै भइसक्यो जहाँ हामी दैनिक रूपमा तीन हजार डलरभन्दा बढी पार्किङ चार्ज मात्र तिरिरहेका छौँ। र, हिजोआज मात्र आएको दैनिकीहरूको खबर पढ्दै गर्दा के देखिएको छ भने दैनिक रूपमा हामीले पाँच करोडभन्दा बढी नोक्सानी व्यहोरिरहेका छौँ । र, यो चाडपर्व आउन लागेको वेलामा कतै अन्तर्राष्ट्रिय अरू कम्पनीहरूले सञ्चालितहरूलाई पैसा र नाफा दिनका लागि सेटिङमा आफ्नो ध्वजावाहकलाई पार्किङमा पुर्याइएको हो कि भन्ने आशंका छ।’

सुझावित समाचार