नेपालमा चलिरहेका सात सय कारमा एयरब्याग परिवर्तन गर्नुपर्ने भएको छ । आफ्ना ग्राहकहरूको सुरक्षालाई ध्यानमा राख्दै होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाका निश्चित मोडेलमा एयरब्याग परिवर्तन गर्ने योजना बनाएको हो ।
सन् २००१ र २०१४ को बीचमा नेपालमा बिक्री भएका सिटी, सिभिक, सिआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारहरूको टकाटा एयरब्याग फिर्ता गरिने कम्प्नीको भनाइ छ । यी मोडेलमा एयरब्याग नि:शुल्क परिवर्तन गरिने होन्डा कारका सर्भिस म्यानेजर विनम श्रेष्ठले बताए ।