नेकपा एमालेले बागमती प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्री र मन्त्रालयको टुंगो लगाएको छ।
एमाले प्रकाश श्रेष्ठको नेतृत्वमा बागमती प्रदेश सरकारमा जाने भएको हो। उनले कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मा पाउने भएका छन्।
यस्तै, एमालेबाट स्वास्थ्य मन्त्रालयमा किरण थापा, वन तथा वातावरण मन्त्रालयमा कृष्ण सिलवाल र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा सुकमाया तामाङ मन्त्री बन्ने भएका छन्।
यसैगरी, भौतिक पूर्वाधार विकास मन्त्रालयमा अमन मास्के र श्रम रोजगार तथा यातायात मन्त्रालयमा प्रेमभक्त महर्जन मन्त्री बन्ने निश्चित भएको छ।
बागमतीको नेतृत्व लिएको कांग्रेसले भने अहिलेसम्म मन्त्रीको नाम टुंग्याउन सकेको छैन।