मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

शनिबार, २३ असार, २०८१
डिजिटल संस्करण

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। प्रदेश सभामा उपस्थिति १०१ सदस्यमध्ये ६७ जनाले मुख्यमन्त्री सिंहको पक्षमा र ३४ जनाले विपक्षमा मत दिए।

मुख्यमन्त्री सिंहलाई सदनको सबैभन्दा ठूलो दल नेकपा, दोस्रो ठूलो दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका हुन्। जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल संघीय समाजवादी पार्टीले भने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरे।

सदनबाट विश्वासको मत लिनुअघि मुख्यमन्त्रीले चार दलका ६ मन्त्रीलाई बर्खास्त गरेका थिए। केन्द्र राजनीतिमा समीकरण परिवर्तन भएसँगै उनले माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन्।

सुझावित समाचार