कर्णाली प्रदेशको बजेट सर्वसम्मत पारित

शुक्रबार, २२ असार, २०८१
डिजिटल संस्करण

कर्णाली प्रदेश सभाको बजेट पारित भएको छ। आगामी आर्थिक वर्ष ०८१/८२ का लागि प्रदेश सरकारले असार १ गते ल्याएको बजेट शुक्रबार बसेको प्रदेश सभाको बैठकले सर्वसम्मत पारित गरेको हो।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोडको बजेट ल्याएको छ। कर्णाली प्रदेश सभाकी सभामुख नन्दा गुरुङले बजेट सर्वसम्मतिले पारित भएको घोषणा गरिन्। त्यसअघि सदनमा मुख्यमन्त्री यामलाल कँडेलले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए।

सुझावित समाचार