प्रकाश स्मृति बक्सिङ सुरु

मंगलबार, १८ असार, २०८१
डिजिटल संस्करण

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको सोमबार उद्घाटन गरेका छन् । सोमबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा प्रतियोगिता २१ असारसम्म चल्नेछ ।

प्रतियोगिता नेपाल बक्सिङ महासंघ र प्रकाश दाहाल प्रतिष्ठानको संयुक्त आयोजनामा भएको हो । प्रधानमन्त्री दाहालले प्रकाश दाहालको जन्मजयन्तीको अवसर पारेर सुरु गरिएको प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताए ।

उनले प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरे । यसैबीच, दाहालले थाइल्यान्डमा भएको १९औँ विश्व मुवाँथाई च्याम्पियनसिपको सेमी प्रो स्पर्धामा स्वर्ण जितेका गुणराज रुचाललाई सम्मान गरेका छन् । 

See More On

सुझावित समाचार