पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग पुन: सञ्चालनमा

शुक्रबार, १५ असार, २०८१
डिजिटल संस्करण

पहिरो हटाएपछि आज बिहानदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। गएराति परेको वर्षाले पहिरो जाँदा कालीकोटको सिमानामा पर्ने शुभकालिका– १ दहीखोला र कालेखोलाबीचको गगनेखोलामा पहिरो गएको थियो । 

कालीकोट खण्ड अवरुद्ध हुँदा यो राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि बन्द भएको थियो। अहिले राजमार्ग खुलेपछि यातायातका साधन चल्न थालेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

पहिरो हटाएपछि अहिले राजमार्ग सञ्चालन भएको जिल्ला  प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन केसीले बताए । उनले भने, ‘कर्णाली राजमार्गको सबैतिरको पहिरो हटाएर सडक सञ्चालन आएको छ ।’ कर्णाली राजमार्ग हिउँदमा धुलाम्मे र वर्षातमा पहिरो जाने गर्दै आएको छ । 

सुझावित समाचार