मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट पारित गरेकाे छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्ने आर्थिक वर्ष ०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पारित गरेको हाे।
संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आज बजेट पेस गर्ने कार्यसूची छ।
यसअघि प्रधानमन्त्री एवं आयोग अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा आयोगको पूर्ण बैठकले मध्यमकालीन संरचना र वार्षिक विकास कार्यक्रम पारित गरेकाे थियाे।