मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने

सोमबार, १४ जेठ, २०८१
डिजिटल संस्करण

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले यही जेठ २३ गते बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिनका लागि प्रस्ताव प्रस्तुत हुने जानकारी दिएका छन्।

‘मैले अहिलेसम्म इमानदारी र निष्पक्ष रूपमा काम गर्दै आएको छु। जेठ २१ गतेदेखि बजेट अधिवेशन सुरु हुने र २३ गते विश्वासको मत लिने प्रस्ताव रहेको छ,’ जनकपुरमा पत्रकारहरूसँगको कुराकानीमा उनले भने।

मुख्यमन्त्री यादवले कानुनअनुसार नै सरकारले स्थानीय तहलाई ससर्त अनुदान वितरण र विभिन्न मन्त्रालयबाट रकमान्तर हुने जानकारी दिए। यादवले पालिकाहरूले ससर्त अनुदानका लागि ताकेता गरिरहेकाले कानुनअनुसार नै पैसा पठाइने बताए।

‘ससर्त सबै पालिका प्रमुखले सोधिरहनुभएको छ। प्रदेश सरकारको काम, कर्तव्यअनुसार हामीले काम गरिरहेका छौँ,’ उनले भने।

सुझावित समाचार