संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन बैठक बसेको हो।
बिहीबार बसेको बैठकमा कार्यविधिमा सहमति जुट्न नसकेपछि आज पुनः बसेको हो। प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको दाबी गर्दै संसदीय छानबिन समितिको माग गरेको छ।