६२ करोड गैरकानुनी सम्पत्ति आर्जनमा विकल पौडेलविरुद्ध अर्काे मुद्दा दायर

बुधबार, ९ जेठ, २०८१
डिजिटल संस्करण

६२ करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

लामो समय केन्द्रमा बसेर अनियमितताको शृंखला चलाएका उनीविरुद्ध अख्तियारले दायर गरेको यो चौथो मुद्दा हो। अझै दुई मुद्दा विशेषमा विचाराधीन छन्। 

सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचार गरेर सम्पत्ति आर्जन गरेको आरोप अख्तियारले विकलविरुद्ध लगाएको छ। 

यसरी आर्जित सम्पत्ति आफू र परिवारका सदस्यका नाममा राखेको पनि देखिएको छ। भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति विभिन्न देशमा पुर्याएर सञ्चय गरेकोसमेत अख्तियारको आरोपपत्रमा उल्लेख छ।

अख्तियारले यस मुद्दामा विकलकी श्रीमती एलिना बस्नेत, बुवा धर्मप्रसाद शर्मा पाैडेल र आमा शीतल पाैडेललाई समेत प्रतिवादी बनाएकाे छ। 

सुझावित समाचार