कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार संयुक्त बैठक आगामी ९ जेठ बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो।
सहकारीको बचत ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता दाबी गर्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै सदनमा अवरोध जारी राखेको छ।
आजै कांग्रेसले सहकारी प्रकरणमा सरकार गम्भीर नभएको भन्दै सडक र सदनबाट आवाज उठाउने निर्णय गरेको छ।