पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’

सोमबार, १० बैशाख, २०८१
डिजिटल संस्करण
पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको छ।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा नेकपा स्थापना भएको ७५औँ स्थापना दिवस (हीरक महोत्सव) समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान प्रदान गरेका हुन्।

हिजो सम्पन्न एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई सम्मान गर्ने प्रस्ताव पारित गरेको थियो।

मुलुकको लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याएको, राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरूलाई सम्मान गर्ने घोषित योजनाअनुसार पार्टीका पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरिएको हो।

महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत प्रमुख दलका नेताहरूको उपस्थिति छ। 
 

सुझावित समाचार