रास्वपा केन्द्रीय सदस्य डा. अरनिको पाँडे राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त

प्रा. संगीता सिंह, डा. कुसेन्द्रबहादुर महत र प्रा. शिवराज अधिकारीले पनि पाए नियुक्ति

बिहिबार, ८ चैत, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडे राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका छन्। उनी वायुमण्डलसम्बन्धी वैज्ञानिक हुन् ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले डा. पाँडेसहित चारजनालाई राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्य पदमा नियुक्त गरेको हो। 

सरकारले प्रा. संगीता सिंह (काडमाडौं), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा) र डा. अरनिकोकुमार पाँडे (ललितपुर)लाई आयोगको सदस्यमा नियुक्त गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

मन्त्रिपरिषद् बैठकले चुडामणि पौडेललाई सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ । प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेल बढुवा भएका हुन् । 

बैठकले नेपाल र गणतन्त्र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात र नेपाली तीन गरी दश  पर्वतारोहीलाई सिन्धुपाल्चोकमा रहेको ६ हजार ५९१ मिटर अग्लो जुगल– १ र ६ हजार ५१८ मिटर अग्लो जुगल– २ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने निर्णय पनि गरेको छ।
 

सुझावित समाचार