प्रि–मनसुन अवधि सुरु, आज देशभर बदली

आइतबार, २० फागुन, २०८०
डिजिटल संस्करण
प्रि–मनसुन अवधि सुरु, आज देशभर बदली

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेपालमा हिउँद सकिएर प्रि–मनसुन अवधि सुरु भएको छ। आकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालिको हिउँद सकिएको हो।

हिउँद सकिएर प्रि–मनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रि–मनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रि–मनसुन अवधि सुरु भएपछिको आजको यो पहिलो मौसम बदली हो।

मुख्य गरी पश्चिमी वायु र अरेबियन सागरको जलवाष्पयुक्त हावाका कारण अहिले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए।

उनका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कणाली प्रदेशमा बढी बदली रहेको छ। सुदूरपश्चिम, कोशी र मधेशमा कम बदली रहेको र यो सर्दै गएकाले ती क्षेत्रमा पनि बदली हुने लामिछानेले बताए। यो क्रम आज रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुने लामिछानेले जानकारी दिए। आज राति पश्चिमी भू–भागमा बढी बदली हुने उनको भनाइ छ।

काठमाडौंमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ। गत मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि यस वर्षको हिउँदको समय थियो। हिउँदले बिदा लिए पनि अझै पश्चिमी वायुको प्रभाव बाँकी नै रहेको महाशाखाले जनाएको छ।

सुझावित समाचार