नवनियुक्त उपकुलपति बराल भन्छन्– त्रिविको शैक्षिक सत्रलाई ट्रयाकमा ल्याउँछु

शुक्रबार, ११ फागुन, २०८०
डिजिटल संस्करण
नवनियुक्त उपकुलपति बराल भन्छन्– त्रिविको शैक्षिक सत्रलाई ट्रयाकमा ल्याउँछु

त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपतिमा प्राडा केशरजंग बराल

अन्तर्वार्ता

तपाईंसँग त्रिभुवन विश्वविद्यालय सुधार्ने योजना के–के छन् ? 
मुख्यतः मैले तीनवटा विषयलाई प्राथमिकतामा राखेको छु । जसमा त्रिविको क्यालेन्डर लागू गरेर शैक्षिक सत्रलाई ट्रयाककमा ल्याउने, परीक्षाफल समयमा प्रकाशन गर्ने र पाठ्यक्रम अद्यावधिक गर्ने । त्रिविको सबैभन्दा ठूलो समस्या भनेको शैक्षिक क्यालेन्डर हो । यो क्यालेन्डर सच्चियो भने त्रिवि आधाजसो सुध्रिन्छ । अब त्रिविको क्यालेन्डर ट्रयाककमा आउँछ ।

यसअघिका उपकुलपतिहरूले पनि नियुक्त हुँदा यही एजेन्डा उठान गरेका थिए, तर क्यालेन्डर सच्याउन सकेनन्, तपाईंले सुधार्नुहुन्छ भन्ने के आधार छ ? 
त्रिविको क्यालेन्डर सुधार गर्न उपकुलपतिलाई सबैले सहयोग गर्नुपर्छ । क्यालेन्डर सुध्रियो भने मात्रै त्रिवि सुध्रिन्छ । जस्तोसुकै अवस्था आए पनि म क्यालेन्डर सच्याउनतिर लाग्छु । त्रिविको समस्या भनेको क्यालेन्डर पनि हो । 

त्रिविमा विद्यार्थीको आकर्षण घट्दो छ, पठनपाठन पनि खस्कँदो छ, कसरी सुधार गर्नुहुन्छ ? 
मेरो विचारमा त्रिविको क्यालेन्डर लागू गरेर शैक्षिक सत्रलाई ट्रयाककमा ल्याउने हो भने विद्यार्थी आकर्षण बढ्छ । अहिले त्रिविमा विद्यार्थीले खेपेको मुख्य समस्या भनेको परीक्षाफल समयमा प्रकाशन नहुनु पनि हो । चारवर्षे कार्यक्रमलाई ६ वर्षसम्म लगाइएको छ । यसो गर्दा विद्यार्थीको भविष्य अन्योलमा परेको छ । त्यसकारण क्यालेन्डर मात्रै सुधार गर्न सकियो भने विद्यार्थीको आकर्षण बढ्न सक्छ ।

सुझावित समाचार