सूचना प्रविधि सुशासन र समृद्धिको आधार बन्नुपर्छ : सञ्चारमन्त्री शर्मा

बिहिबार, २५ माघ, २०८०
डिजिटल संस्करण

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्ने बताएकी छिन्। 

कम्प्युटर एसाेसिएसन नेपाल महासंघ (क्यान)ले आयोजना गरेको ‘२९औँ क्यान इन्फोटेक’को आज उद्घाटन गर्दै उहाँले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएको बताएकी हुन्। 

सूचना प्रविधिको विकासबाट समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै मन्त्री शर्माले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनसँगै त्यसले मूर्तरूप लिने बताइन्। 

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्रमुख कार्यभारका रूपमा अघि बढाएको भन्दै उनले १६औँ आवधिक योजनामा सूचना प्रविधिलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्। 

सूचना प्रविधिसम्बन्धी रूपान्तरणकारी आयोजना सञ्चालन गरी मुलुकको अर्थतन्त्र सबल बनाउँदै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिइन्। 

मन्त्री शर्माले क्यान महासंघलाई आफ्नो सेवा क्षेत्रको दायरा विस्तार गर्न आग्रह गर्दै सरकारी र निजी क्षेत्रको सहकार्यबाटै सूचना प्रविधि क्षेत्रको विकास गर्न सकिने बताइन्। 

सुझावित समाचार