वडाध्यक्षलाई साढे चार महिना कैद सजाय

शुक्रबार, ८ मंसिर, २०८०
डिजिटल संस्करण
वडाध्यक्षलाई साढे चार महिना कैद सजाय

पोखरा महानगरपालिका– २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी

जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुर गरेको आरोपमा पोखरा महानगरपालिका– २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई अदालतले कैद र जरिवाना सुनाएको छ । 

कास्की जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बिहीबार वडाध्यक्ष अधिकारीलाई चार महिना १५ दिन कैद, ७५ हजार रुपैयाँ जरिवानासँगै पीडित वडासदस्यलाई १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो । अदालतका सूचना अधिकारी सुरज अधिकारीले पीडितको मागदाबी पुगेपछि सोहीअनुसार फैसला भएको बताए । 

जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ को दफा ७ को १ (क) मा भएको व्यवस्थाअनुसार अधिकारीलाई सजाय सुनाइएको उनले बताए । दफा ७ को १ (क) मा दफा ४ का उपदफा २, ३, ४, ५, ६ वा ७ बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । 

See More On

सुझावित समाचार