जाजरकाेट भूकम्प : उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको अपिल

शनिबार, १७ कार्तिक, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोटको भूकम्पका घाइतेहरूको उद्धारका लागि जुटन सबैमा अपिल गरेका छन्। 

प्रधानमन्त्रीको औपचारिक सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले भूकम्पमा परी भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको बताउँदै घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन गरिएको जनाएका छन्। 

जाजरकोट भूकम्पमा परी अहिलेसम्म १८ जनाको ज्यान गएको छ। रुकुमपश्चिमको आठबिसकोटमा ११ र जाजरकोटमा सातजनाले ज्यान गुमाएकाे प्रहरीले जनाएकाे छ। दुई दर्जनभन्दा बढी घाइते भएकाे विवरण प्राप्त भएकाे छ। 

तस्बिर : जिप्रका रुकुमपश्चम 

सुझावित समाचार