कात्तिक ११ देखि २६ गतेसम्म राजविराज महोत्सव

शनिबार, ४ कार्तिक, २०८०
डिजिटल संस्करण

महोत्सवमा करिब तीन लाख दर्शक भित्र्याएर पाँच करोडबराबरको कारोबार गर्ने लक्ष्य 

सप्तरी सदरमुकाम राजविराजमा सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापारिक महोत्सव हुने भएको छ । कात्तिक ११ देखि सुरु हुने महोत्सव २६ गतेसम्म चल्ने प्रमुख आयोजक सप्तरी युथले जनाएको छ ।

व्यापार मेलामा उद्योग, कृषि, पर्यटन, व्यापार, सांस्कृतिक, हस्तकलासहित स्थानीय वस्तुको प्रवर्द्धन गरिने जनाइएको छ । महोत्सवमा जातीय छुवाछुत, धूम्रपान, मद्यपान, लागुऔषध प्रयोगरहित समाजको निर्माण गर्न सांस्कृतिक कार्यक्रम तथा झाँकीमार्फत जनचेतनामूलक सन्देश प्रवाह गरिने सप्तरी युथका उपाध्यक्ष मोहन यादवले बताए ।

उक्त महोत्सवमा ३० भन्दा बढी स्टल राखिनुका साथै महोत्सवमा नभइनहुने मनोरञ्जनका लागि रोटेपिङ, ब्रेक डान्सलगायतका नाचसहित विभिन्न प्रतियोगिताहरू आयोजना गरिने उपाध्यक्ष यादवले जानकारी दिए ।

महोत्सवमा करिब तीन लाख दर्शक भित्र्याएर पाँच करोडबराबरको कारोबार गर्ने लक्ष्य राखिएको महोत्सवका संयोजक सतेन्द्र यादवले  बताए । महोत्सवमा कृषि उपज, स्थानीय उत्पादन, विद्युतीय सामानको साथै मिथिला, थारू, नेवारी, मारवाडी खानाको परिकार मुख्य आकर्षण हुनेछन् ।

See More On

सुझावित समाचार