सशस्त्र प्रहरीद्वारा नदीखोलामा फसेका चारजनाको उद्धार

मंगलबार, २३ साउन, २०८०
डिजिटल संस्करण

नदी र खोलामा फसेका कञ्चनपुरका चारजनाको सशस्त्र प्रहरीे बलले उद्धार गरेको छ । नदी र खोलामा पानीको सतह वृद्धि भएपछि जोखिममा परेका चारजनाको सशस्त्र प्रहरीले उद्धार गरेको हो । 

सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणले शुक्लाफाँटा र कृष्णपुरका महिलाको उद्धार गरेको छ । गएराति स्याली नदीमा फसेका शुक्लाफाँटा नगरपालिका– ७ की ४० वर्षीया निर्मला भण्डारी र ३५ वर्षकी गोमती साउदको उद्धार गरिएको छ । यसैगरी, ओदाल खोलामा फसेका कृष्णपुर नगरपालिका– १ पहरिया बस्ने ३३ वर्षीया तारा भुल र  सीता भुलको पनि उद्धार गरिएको छ । 

घाँस काट्न गएका भण्डारी, साउद घर फर्किने क्रममा स्याली नदीको बहाव बढेपछि विपतमा परेका थिए । उनीहरूको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरका गणपति प्रेमबहादुर रावल नेतृत्वको टोलीले उद्धार गरेको हो । 

स्याली नदी र ओदाल खोलाको फसेका चारैजनाकाे सशस्त्र प्रहरीले उद्धार गरेपछि उनीहरूको ज्यान जोखिमबाट बचेको छ । समयमै सशस्त्र प्रहरीको सिपालु टोली आएर उद्धार गरेपछि आफूहरूले दोस्रो जीवन पाएको उनीहरूको भनाइ छ । 

See More On

सुझावित समाचार