यामाहाको दुईपांग्रे सवारीसाधनमा दुई वर्ष सडक कर निःशुल्क

बुधबार, ६ असार, २०८०
डिजिटल संस्करण

यामाहाले दुईपांग्रे सवारीसाधन प्रयोगकर्तालाई लक्षित गरी नयाँ अफर घोषणा गरेको छ । ‘यामाहा ट्याक्स रिल्याक्स’ अफरअन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद लागतमै समेटिने कम्पनीले जनाएको छ । 

दुईपांग्रे सवारीसाधनको प्रारम्भिक खरिदमा लागत मात्रै समावेश नभई अन्य खर्च पनि लाग्ने र सडक करजस्ता अतिरिक्त खर्चले प्रायः सवारलाई बोझ पार्न सक्ने भन्दै ‘यामाहा ट्याक्स रिल्याक्स’ अफर ल्याएको कम्पनीले बताएको छ । यस अफरअन्तर्गत कम्पनीले स्वामित्वको पहिलो दुई वर्षको करको जिम्मा लिने बताइएको छ ।

‘यामाहामा यात्रा गर्नु भनेको अनावश्यक आर्थिक तनावबाट मुक्त भई रमाइलो अनुभव गर्नु पनि हो,’ यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने, ‘यामाहा ट्याक्स रिल्याक्सले हाम्रा ग्राहकको सडक कर खर्चको ख्याल राखेकामा ढुक्कका साथ यात्रा गर्न सक्छन् ।’ 

यामाहाले यसबाहेक विभिन्न आकर्षक अफर उपलब्ध गराएको बताएको छ । कम्पनीका अनुसार  शून्य प्रतिशत ब्याजदरदेखि आफूलाई उपयुक्त लाग्ने निश्चित दरको डाउन पेमेन्ट गरेर यामाहाका मोटरसाइकल वा स्कुटर लिन सकिन्छ । 

See More On

सुझावित समाचार