लुम्बिनीमा तीन दिन नीति तथा कार्यक्रममा छलफल हुने

आइतबार, २८ जेठ, २०८०
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभामा तीन दिन नीति तथा कार्यक्रममा छलफल हुने भएको छ। 

प्रदेश सभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्ष ०८०/८१ को संसदमा प्रस्तुत नीति तथा कार्यक्रम सम्बोधन गरेकोमा प्रदेश प्रमख अमिक शेरचनलाई धन्यवाद ज्ञापनको प्रस्ताव सर्वसम्मतले पारित गरेको छ। 

माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा र कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले समर्थन गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। 

योसँगै जेठ २९, ३० र ३१ मा नीति तथा कार्यक्रममा छलफल हुनेछ। आगामी प्रदेश सभा बैठक २९ जेठमा दिउँसो १ बजेदेखि बस्नेछ।  

सुझावित समाचार