मर्मतपछि मेलम्चीको पानी काठमाडौं पठाइयो

बुधबार, १७ जेठ, २०८०
डिजिटल संस्करण

मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौं पठाइएको छ। यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो। 

हेलम्बु गाउँपालिका– १ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, ०७८ असारको बाढीले क्षति पुर्याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौं पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर  पदमबहादुर कुँवरले जानकारी दिए। रासस

सुझावित समाचार