सातजना प्रहरीको सम्पर्कमा, पाँच अझै बेपत्ता

दार्चुला हिउँपहिरो अपडेट

मंगलबार, १९ बैशाख, २०८०
डिजिटल संस्करण
सातजना प्रहरीको सम्पर्कमा, पाँच अझै बेपत्ता

फाइल तस्बिर ।

दार्चुलाको व्यास गाउँपालिका– १ मा मंगलबार दिउँसो गएको हिमपहिरोमा परेका सातजना सकुशल भेटिएको प्रहरीले जनाएको छ। 

हिमपहिरोमा परेका चार महिला र एक पुरुष भने बेपत्ता छन्। छाङरुस्थित सशस्त्र प्रहरी बलको टोली उद्धारमा खटिएको छ। 

लगातार पानी र हिउँ  परेका कारण उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए। यार्सागुम्बा टिप्न गएकाहरू हिमपहिरोमा परेका हुन्।

सुझावित समाचार