पठाओका कर्मचारी र ग्राहकलाई चिरायु डेन्टलमा विशेष छुट

मंगलबार, १२ बैशाख, २०८०
डिजिटल संस्करण

बानेश्वरको थापागाउँमा रहेको चिरायु डेन्ट केयर एसोसिएटस् र पठाओ  नेपाल प्राइभेट लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

समझदारीपत्रमा पठाओका प्रयोगकर्ता, पठाओका राइडर र कर्मचारहरूलाई चिरायु डेन्ट केयर र यसका सिस्टर्स अर्गनाइजेशनले चिरायु डेन्ट केयरमा दन्त परीक्षण तथा उपचार गर्दा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

सो समझदारीपत्र हस्ताक्षरपश्चात् पठाओ प्रयोगकर्ता र राइडरले दन्त  उपचारमा १० प्रतिशत र कर्मचारीहरूले २० प्रतिशत छुट पाउनेछन् । 

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा चिरायु डेन्ट केयर एशोसिएसनका डाइरेक्टर सागर जोशी  र पठाओ नेपालका  ब्रान्ड आउटरिच अफिसर उत्सव शाहीबीच उपचारमा सेवामा छुट दिनेसम्बन्धी सम्झौँता पत्रमा हस्ताक्षर भएको हो । 

यस सहकार्यबाट पठाओ प्रयोगकर्ता, पठाओ राइडर र कर्मचारी लाभान्वित हुने विश्वास राखिएको छ ।

See More On

सुझावित समाचार