संवैधानिक निकायहरू रिटायर्डहरूको क्लबजस्ता भए : माधव सापकोटा

बुधबार, ६ बैशाख, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभाका सांसद माधव सापकोटाले संवैधानिक निकायहरूलाई ‘रिटायर्डहरूको क्लबजस्तो’ बनाउन नहुने टिप्पणी गरेका छन्। सांसद सापकोटाले अख्तियार प्रयोग गरेका वा लाभका पदमा बसेकाहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लैजाने काम गर्नै नहुने प्रस्तावसमेत गरे।

बुधबार प्रतिनिधिसभा बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७७ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले त्यस्ता व्यक्तिहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेकै कारण मुलुकमा भ्रष्टाचार नियन्त्रणमा कमी आउन नसकेको तर्क गरे।

लाभको पदमा नपुगेका, कुनै पनि खालको अख्तियार नपाएका विज्ञहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाए मात्रै मुलुकमा विद्यमान भ्रष्टाचारसम्बन्धी समस्या समाधान हुने सांसद सापकोटाको भनाइ थियो।

उनले ठूला नेताहरूलाई धारेहात लगाउनेभन्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि उपयुक्त व्यक्तिलाई पठाउने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए।

सुझावित समाचार