भारतीय पर्यटकको भिरबाट लडेर मृत्यु

आइतबार, ३ बैशाख, २०८०
डिजिटल संस्करण

नयाँ वर्षको अवसरमा नेपाल घुम्न आएका भारतीय पर्यटकको भिरबाट लडेर मृत्यु भएको छ। भारतको सिक्किमका ३४ वर्षीय केशव गुरुङको गएराति भिरबाट लडेर मृत्यु भएको हो। 

नेपाल–भारत सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङ घुम्न आएका गुरुङको घर फर्कने क्रममा याङवरक गाउँपालिका– १ मेवाखोलानजिकको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गुरुङ चार साथीसहित चिवाभञ्ज्याङ घुम्न आएका थिए। 

घटनाबारे अनुसन्धानका लागि जिल्ला प्रहरीको टोली घटनास्थलमा पुगेको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। 

See More On

सुझावित समाचार