बैतडीमा घाँटी रेटेर युवकको हत्या

आइतबार, ३ बैशाख, २०८०
डिजिटल संस्करण

बैतडीको दोगडाकेदार गाउँपालिका– ८ का ३८ वर्षीय   वाशुदेव जोशीको घाँटी रेटी हत्या भएको छ। घरनजिकै घाँटी रेटेर हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रेमबहादुर शाहीले घटनामा संलग्न व्यक्तिको परिचय खुलिसकेकाले खोजी कार्य भइरहेको बताए। शनिबार साँझ बाटो ढुकेर बसेका व्यक्तिले उनको हत्या गरेको परिवारले जनाएको छ।

हत्या गर्ने बताएका व्यक्तिका साथमा अन्य केहीसमेत संलग्न रहेको र घटना नियोजित रूपमा भएकाले दोषीमाथि कडा सजायकोे माग आफन्तले गरेका छन्।

मृतक जोशी गत चैत २९ गते एक महिलालाई कुटपिटको आरोपमा जिल्ला प्रहरी कार्यालय पुगेका थिए। कुटपिटको घटना गत फागुनतिर भएको र दुवै पक्षबीच पुनः विवाद भएपछि जिल्ला प्रहरी कार्यालय पुगेर सहमति भएपछि घर फर्किएको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार