ट्यांकीमा डुबेर पाँचजनाको मृत्यु

शुक्रबार, २४ चैत, २०७९
डिजिटल संस्करण

भारतको दक्षिणी राज्य तामिलनाडुमा धार्मिक अनुष्ठान (स्नान) गर्ने क्रममा बुधबार एक मन्दिरनजिकैको सार्वजनिक ट्यांकीमा डुबेर पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तमिलनाडुको राजधानी चेन्नईको नानगानल्लुर क्षेत्रमा रहेको धर्मलिंगेश्वर मन्दिरनजिकै उक्त घटना भएको हो ।

पंगुनी उथिराम (तमिल पर्व) उत्सवको एक भागको रूपमा भक्तजनहरू स्नानका लागि ट्यांकीमा भेला भएका थिए । चेन्नईका प्रहरी आयुक्त शंकर जिवाललाई उद्धृत गर्दै स्थानीय टेलिभिजन च्यानल एनडिटिभीले भनेको छ, ‘घटनाबारे हामी अनुसन्धान गरिरहेका छौँ ।’ उनले भने, ‘सुरुमा एकजना चिप्लिएर डुबे । उनलाई बचाउने प्रयास गर्दा अन्य व्यक्ति पनि पानीमा डुबेका थिए ।’

एक हप्ताभन्दा कम समयमा भारतको कुनै मन्दिरनजिकै भएको यो दोस्रो घातक घटना हो । गतसाता मध्यप्रदेशको इन्दोर सहरमा एक मन्दिरभित्रको कुवाको छाना भत्किँदा ३६ जनाको मृत्यु भएको थियो भने एक दर्जनभन्दा बढी घाइते भएका थिए ।

See More On

सुझावित समाचार