झालाई \'कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार\'

शुक्रबार, ८ पुष, २०७९
डिजिटल संस्करण

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन्। सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ। 

नेपाल पत्रकार महासंघद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित केन्द्रीय साधारणसभा उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले अध्यक्ष झालाई सो पुरस्कार प्रदान गरिन्। 

नेपाल पत्रकार महासंघको पूर्वअध्यक्षसमेत रहेका  झा लाई लामो समय पत्रकारिता, सूचना तथा सञ्चारका क्षेत्रमा योगदान पु¥याएको भन्दै महासंघले सम्मान गरेको हो। 

साधारणसभामा नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष खिल भण्डारीलाई प्रेस स्वतन्त्रता सेनानीबाट सम्मान गरिएको छ। 

त्यस्तै, सुर्खेतका माया थापा रु २० हजार राशि प्रमाणपत्रसहित गौरी कठायत स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भए। 

साधारणसभा करिब दुई दर्जन पत्रकार तथा सञ्चारकर्मीहरुलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो।

सुझावित समाचार